कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नारायणीको जलसतह खतराको तहभन्दा माथि

चितवन — लगातार वर्षासँगै आएको बाढीले नारायणी नदीमा खतराको तह पार गरेको छ । बिहीबार बिहान ९ बजे नारायणी नदी देवघाट बाढी मापन केन्द्रमा जलसतहले खतराको तह पार गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

नारायणीको जलसतह खतराको तहभन्दा माथि

विभागले एसएमएस पठाएर बाढी अझै बढ्दो क्रममा रहेका कारण चितवन र नवलपरासीका नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ । नारायणीमा बिहीबार बिहान साढे ३ बजे नै बाढीले सतर्कताको तह पार गरेको थियो ।

बाढी बढ्दै गए चितवनतर्फ भरतपुर महानगरपालिकाअन्तर्गतका मंगलपुर, गुन्जानगर, दिव्यनगर र मेघौली क्षेत्रमा डुबान र कटानको समस्या आउन सक्छ । महानगरपालिकाका प्रमुख प्रशासकीय प्रमुख प्रेमराज जोशीले नदी तटका साथै पहाडी क्षेत्रका बासिन्दालाई पनि सजग रहन अपिल गरेका छन् ।


प्रकाशित : आश्विन ८, २०७७ १०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?