कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मकवानपुरमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु

प्रताप विष्ट

हेटौंडा — मकवानपुरको पश्चिमी क्षेत्रका पर्ने राक्सिराङ गाउँपालिका–३ सरिखेतस्थित नजिक झिल्किनीमा जीप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ  । एक जना गम्भीर घाइते भएका छन् ।

मकवानपुरमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु

मनहरी बजारबाट पसलको सामानका साथै यात्रु बोकेर सरिखेत जाँदै गरेको ग १ ज ७१७५ नम्बरको जीप सडकबाट करिब ४० फिट तल खस्दा स्थानीय १४ वर्षीय अनुप बाइवा र १३ वर्षीय रिजन तितुङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कार्यालय हेटाैंडाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले बताए ।

दुर्घटनामा २७ वर्षीय सुरज शाही गम्भीर घाइते भएका छन् । उपचारको लागि उनलाई भरतपुर लगिएको छ । जीपमा चालकसहित ७ जना सवार रहेका थिए । अन्यको अवस्था भने सामान्य रहेको छ ।

प्रकाशित : आश्विन ५, २०७७ १६:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?