कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रामेछापमा शुक्रबारदेखि बिजुली बस सेवा

टीकाप्रसाद भट्ट

रामेछाप — जिल्लामा शुक्रबारदेखि वातावरणमैत्री बिजुली बस सेवा सुरु भएको छ । उक्त बस दैनिक काठमाडौंदेखि रामेछाप मन्थलीसम्म ओहोरदोहोर गर्ने व्यावसायिक योजना सञ्चालक भवलक्ष्मी यातायात सेवाले बनाएको छ । 

रामेछापमा शुक्रबारदेखि बिजुली बस सेवा

एक पटक चार्ज गरेपछि करिब ३ सय किलोमिटर गुड्ने बिजुली बस चीनमा उत्पादन भएको हो । नेपालको सडक उकालो-ओरालो भएकाले उक्त बस झण्डै २ सय ३० किलोमिटरसम्म मात्र गुड्न सक्ने प्रयोगबाट देखिएको छ । काठमाडौंबाट १ सय २७ किलोमिटर पूर्वको रामेछाप आइपुगेको बसलाई पुन: रिचार्ज गरेपछि काठमाडौं फर्काउनु पर्ने भएको संचालक ऋतु चौलागाईंले बताए ।

करिव १ करोड लागतको बिजुली बसमा चालकसहित २० जना अटाउँछन् । ईन्जिन र गियर नभएको उक्त वस सुविधाजनक रहेको दाबी चौलागाईंको छ । उनका अनुसार बसलाई सामान्य घरमा जोडिएको विद्युत्‌बाटै रिचार्ज गर्न सकिन्छ । सामान्य विद्युत् क्षमताबाट करिब ९ घण्टा र ठूलो क्षमताको चार्जिङ स्टेशनमा बढीमा २ घन्टामा रिचार्ज हुन्छ । चार्ज गर्नका लागि ८० देखि १ सय युनिटसम्म बिजुली खर्च लाग्छ ।

विद्युत प्राधिकरणले विद्युतीय सवारी साधन चार्ज गर्दा खर्च हुने विद्युतको प्रति युनिट ३ रुपैयाँ दस्तुर तोकेको छ । इन्धनको विकल्पमा विद्युत् बस संचालनले वातावरणमैत्री हुनुको साथै आरामदायी सेवा दिन सकिने दाबी संचालकको छ ।

काठमाडौं-मन्थलीसम्म दैनिक २ वटा बस संचालन गर्ने र बजारको प्रतिस्पर्धी भाडा दरलाई नै आधार मानेर लिने सञ्‍चालक कम्पनीले बताएको छ ।

प्रकाशित : आश्विन २, २०७७ २१:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?