कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मोटरसाइकलको ठक्करले हेटौंडामा एक जनाको मृत्यु

सुवास विडारी

हेटौंडा — हेटौंडामा मोटरसाइकलले ठक्कर दिँदा ७० वर्षीय वृद्धको मृत्यु भएको छ । बिहीबार साँझ मोटरसाइकल ठक्करबाट घाइते भएका हेटौंडा–२, चौकीटोलका ७० वर्षीय पूर्णबहादुर श्रेष्ठको मृत्यु भएको हो ।

मोटरसाइकलको ठक्करबाट टाउको र शरीरको विभिन्न भागमा चोट लागेका उनको उपचारका क्रममा चुरेहिल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

भैँसेबाट हेटौंडातर्फ आउँदै गरेको ना ६४ प ५३०६ नम्बरको मोटरसाइकलले चौकीटोलमा ठक्कर दिएको हो । मोटरसाइकल नियन्त्रणमा रहे पनि चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : आश्विन २, २०७७ ०८:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?