कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मकवानपुरमा कोरोना संक्रमितको संख्या एक हजार नाघ्यो

सुवास विडारी

मकवानपुर — मकवानपुर जिल्लामा कोरोना संक्रमितको संख्या एक हजार नाघेको छ । सोमबार हेटौंडामा र चितवनमा गरेको पीसीआर परीक्षणमा मकवानपुरका ७१ जनामा कोरोना संक्रमित फेला परेसँगै संक्रमितको संख्या एक हजार नाघेको हो ।

मकवानपुरमा कोरोना संक्रमितको संख्या एक हजार नाघ्यो

हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रस्थित प्रादेशिक प्रयोगशलामा गरिएको परीक्षणमा ५६ जनामा र चितवनको चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा मकवानपुरका १५ जनामा कोरोना पुष्टि भएको हो । हेटौंडा आइसोलेसन वार्डका इञ्चार्ज भोला चौलागाईंका अनुसार मकवानपुरमा कोरोना संक्रमितको संख्या हालसम्ममा एक हजार ५३ पुगेको छ । हालसम्म मकवानपुरमा कोरोना संक्रमणबाट १० जनाको मृत्यु भइसकेको छ।

चौलगाईका अनुसार सोमबार हेटौंडामा पुष्टि भएको ५६ जनामध्ये २६ महिला र ३० पुरुष रहेका छन् । भदौ २८ गते स्वाब संकलन भएको १८४ जनाको स्वाब परीक्षणमा उनीहरुमा संक्रमण देखिएको हो । चितवनमा कोरोना संक्रमण पुष्टि भएको १५ जनामध्ये हेटौंडा उपमहानगरपालिकाका १३ पुरुष र १ महिला मनहरी गाउँपालिकाका १ पुरुष गरी १५ जना रहेको चितवन मेडिकल कलेजका डाक्टर नविनकुमार चौधरीले जानकारी दिए ।

प्रकाशित : भाद्र २९, २०७७ १८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?