कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भरतपुरमा गरिएको परीक्षणमा थप ३४ लाई कोरोना

रमेशकुमार पौडेल

चितवन — भरतपुर अस्पतालको कोभिड–१९ प्रयोगशालामा शनिबार गरिएको १ सय ३४ वटा नमुनाको परीक्षणमा ३४ वटामा संक्रमण पुष्टि भएको छ ।

भरतपुरमा गरिएको परीक्षणमा थप ३४ लाई कोरोना

प्रयोगशाला प्रमुख डा. नीतु अधिकारीका संक्रमितमध्ये ३० जना चितवनका हुन् । बाँकी चार जना नवलपुरका र कास्कीका छन् । चितवनका सबै संक्रमित भरतपुर महानगरपालिकाका भएको प्रयोगशालाले प्रकाशन गरेको सूचनामा उल्लेख छ ।

चितवन स्वास्थ्य कार्यालयका अनुसार शनिबार दिउँसोसम्म चितवनमा कुल संक्रमितको संख्या ९ सय ५७ थियो । राति ३० जना थपिएपछि ९ सय ८७ पुगेको छ । स्वास्थ्य कार्यालयका अनुसार निको भएका संक्रमितको संख्या १ सय ६७ छ । चितवनमा कोरोनाले ११ जनाको निधन भइसकेको छ ।

प्रकाशित : भाद्र २१, २०७७ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?