कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चित्तलको मासुसहित चारजना पक्राउ

रमेशकुमार पौडेल

चितवन — चित्तल मारेको आरोपमा चितवन निकुञ्‍जमा तैनाथ सेना र निकुञ्‍जको गस्ती टोलीले शनिबार राप्ती नगरपालिका–६ का चारजनालाई पक्राउ गरेको छ ।

चित्तलको मासुसहित चारजना पक्राउ

पक्राउ पर्नेमा राप्ती–६ फलौरा की ३५ वर्षीया पैगी चौधरी र सोही ठाउँका १९ वर्षीय साजन चौधरी, ३० वर्षकी सुमित्रा चौधरी र एकजना नाबालिग छन् । उनीहरुले पासो थापेर चित्तल मारेको निकुञ्‍जको भनाइ छ ।

चितवन राष्ट्रिय निकुञ्‍जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले पक्राउ परेकाहरुको अनुसन्धान भइरहेकको बताए । घटनास्थलमा प्रहरीसहितको टोली गएर चित्तलको मासु र चित्तल थाप्‍न प्रयोग भएको पासो बरामद गरेको छ ।

घटनास्थलबाट १२ किलो र पैगी चौधरीको धान खेतबाट पाँच किलो र सुमित्रा चौधरीको खेतबाट एक किलो मासु बरामद भएको बरालले बताए । अपराध प्रमाणित भए २० देखि ५० हजार रुपैयाँ जरिवना र ६ महिनादेखि एक वर्षसम्म कैद वा कैद र जरिवाना दुवै हुन्छ ।

प्रकाशित : भाद्र १३, २०७७ १८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?