कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

जबरजस्ती करणी गरेको आरोपमा दाजुभाइ पक्राउ

राजकुमार कार्की

सिन्धुली — सिन्धुलीको दुधौली नगरपालिकामा १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा दुई जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

जबरजस्ती करणी गरेको आरोपमा दाजुभाइ पक्राउ

बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले १६ र १४ वर्षीय युवाहरुलाई पक्राउ गरेका हो । उनीहरु दाजुभाइ हुन् ।

इलाका प्रहरी कार्यालय डकाहाका प्रहरी निरीक्षक सुगन्ध श्रेष्ठका अनुसार पीडित पक्षले उजुरी गरेपछि उनीहरुलाई पक्राउ गरिएको हो ।

ती दुई दाजुभाइले भदौ ७ गते दिउँसो १ बजेतिर आफ्नै गोठमा बालिकालाई बोलाएर चकलेट दिइ जबर्जस्ती करणी गरेको पीडित पक्षद्वारा उजुरीमा उल्लेख छ ।

‘पीडित बालिका र अभियुक्त दुवैलाई मंगलबार जिल्ला प्रहरी कार्यालयमा बुझाएका छौं,’ उनले भने, ‘अब जिल्लाले नै घट्नाको थप अनुसन्धान गरी कारबाही प्रकृया अघि बढाउँछ ।’

प्रकाशित : भाद्र ९, २०७७ १७:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचार निवारण ऐन संशोधन विधेयकमा निजी क्षेत्र पनि अख्तियारको दायराभित्र पर्ने गरी प्रस्तावित व्यवस्थाबारे तपाईंको धारणा के छ ?

x
×