कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बिहीबार रातिदेखि रामेछापमा निषेधाज्ञा

टीकाप्रसाद भट्ट

रामेछाप — जिल्ला प्रशासन कार्यालय रामेछापले बिहीबार राति १२ बजेदेखि लागू हुने गरी भदौ १३सम्म जिल्लाभर निषेधाज्ञा जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले कोभिड–१९ को संक्रमण बढेको भन्दै रामेछापमा दोस्रो पटक निषेधाज्ञा जारी गरेकी हुन् । यसअघि चैतदेखि जेठसम्म जिल्लाभर निषेधाज्ञा लगाइएको थियो । असारदेखि हालसम्म बजार र आन्तरिक सार्वजनिक सवारी सञ्चालन थिए ।

शर्माद्वारा जारी सूचनामा निषेधाज्ञाको अवधिमा अत्वाश्यक सेवा बाहेक अरु सेवा प्रभावित हुने जनाइएको छ । खाद्य, दूध, तरकारी र फलफूलका पसलहरु हरेक दिन बिहान ५ बजेदेखि ९ बजेसम्म सञ्चालन हुन दिने र अत्यावश्यक सेवाका सवारी सञ्चालन बाहेकका अन्य कार्य उक्त अवधिमा हुन पाउने छैनन् ।

सूचनामा साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म पैदल यात्रा समेतलाई निषेध गरिएको जनाइएको छ ।

प्रकाशित : भाद्र ४, २०७७ १७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?