कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दुई व्यवसायीलाई जरिवाना

अनुदानको मल महँगो मूल्यमा बिक्री गर्ने पक्राउ
टीकाप्रसाद भट्ट

रामेछाप — जिल्ला प्रशासन कार्यालय रामेछापले बजार अनुगमनका क्रममा बुधबार दुई जना व्यवसायीलाई जरिवाना गरेको छ ।

अनुगमनका क्रममा मन्थलीको अनामिका स्टोर्सले लेभल नभएको खाद्य सामाग्री राखेको अभियोगमा २० हजार र गणेश टायर सेन्टरलाई खरिद बिक्री खाता नभएको भन्दै १० हजार रुपैयाँ जरिवाना गरिएको हो । अनुगमनका क्रममा म्याद नाघेका खाद्य सामग्रीहरु पनि अनुगमन समितिले जफत गरेको छ ।

अनुगमनमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृतको नेतृत्वमा, कृषि ज्ञान केन्द्र, घरेलु, उपभोक्ता संरक्षण मञ्च समेतका प्रतिनिधिको उपस्थिती थियो । केहिदिनयता जिल्लामा बजार अनुगमनलाई तीव्रता दिइएको छ ।

यसैबीच, अनुदानको मल महँगो मूल्यमा बिक्री गरेको अभियोगमा कृषि जागरण कृषि सहकारी संस्था ओख्रेनीका व्यवसायी पदपबहादुर तामाङ पक्राउ परेका छन् । जिल्ला प्रशासन कार्यालयका लक्षमण भुजेलका अनुसार युरिया मललाई महँगो ब्राण्ड भन्दै बिक्री गर्ने गरेका थिए । उनी विरुद्ध प्रशासनले कालोबजारी सम्बन्धी मुद्दा चलाउने तयारी गरेको छ ।

प्रकाशित : भाद्र ३, २०७७ १७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?