कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बलात्कार आरोपमा जनप्रतिनिधि पक्राउ

राजकुमार कार्की

सिन्धुली — सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–८ का वडा सदस्य ३७ वर्षीय जंगबहादुर माझी बलात्कार आरोपमा पक्राउ परेका छन् । दुई महिलालाई जबरजस्ती करणी गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

बलात्कार आरोपमा जनप्रतिनिधि पक्राउ

मंगलबार जिल्ला अदालतमा जबरजस्ती करणी अन्तर्गत मुद्दा दर्ता गरि कारबाही पक्रिया अघि बढाइएको प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले बताए । पीडित महिलाहरुले किटानी जाहेरी दिएपछि माझीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका आरोपी माझीले आफू हरिहरपुरढी गाउँपालिका–८ को जलेश्वर महादेवको मन्दिरको पूजारी भएको प्रहरीलाई बताएका छन् । शनिबार तीन घण्टाको पैदल यात्रा गरेर जलेश्वर महादेवस्थान पुगेका २५ र ३८ वर्षीया महिलालाई माझीले बेहोस बनाएर करणी गरेको पीडितहरुद्वारा उजुरीमा उल्लेख छ । पीडित महिलाले मन्दिर परिसर पुगेपछि कोरोना संक्रमणको जोखिम हुने भन्दै वडा सदस्य माझीले लुगा खोलेर मात्रै पूजा गर्न लगाएको र बेहोस बनाएर बलत्कार गरेको प्रहरीलाई बयान दिएका छन् ।

प्रकाशित : भाद्र २, २०७७ १८:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?