कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मकवानपुरको ढुंगाखानीमा पहिरो, एक जनाको मृत्यु

सुवास विडारी

मकवानपुर — मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिका–१२, गैरीगाउँमा रहेको ढुङ्गाखानीमा पहिरोले पुरिँदा एक जनाको मृत्यु भएको छ ।

बिहीबार साँझ ७ बजेतिर ढुङ्गाखानीमा गएको पहिरोमा परी स्थानीय ५४ वर्षीय काले मोक्तानको मृत्यु भएको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ । मुक्तानको शव शुक्रबार बिहान पुरिएको अवस्थामा भेटिएको थियो । मृतक ढुङ्गा उत्खनन्को जिम्मा पाएको माइनिङ एण्ड माइनिङ कम्पनी प्रालि काठमाडौंका कर्मचारी हुन् ।

पहिरोमा एउटा एक्स्काभेटर र तीन वटा टिपर पुरिएको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए । उनका अनुसार एक्साभेट र टिपर पहिरोमा नदेखिने गरी पुरिएको छ । ‘अझै पहिरो पन्छाउने काम भइरहेको छ । हालसम्म एउटा एक्स्काभेटर र तीनवटा टिपर भेटिएको छ । क्षतिको पूर्ण विवरण अझै आइसकेको छैन,’ प्रहरी नायब उपरीक्षक रानाले भने ।

पहिरो गएपछि स्थानीय र इलाका प्रहरी कार्यालय पालुङका प्रतिनिधिहरु राति नै घटनास्थलमा पुगे पनि उद्धार गर्न नसकिएको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक विकास तामाङले जानकारी दिए । शुक्रबार बिहानैबाट स्थानीय र सुरक्षाकर्मीहरुले उद्धारको काम थालेका थिए ।

प्रकाशित : श्रावण ३०, २०७७ १०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?