कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धुलिखेल अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द

नगेन्द्र अधिकारी

काभ्रे — धुलिखेल अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र बिरामीमा कोरोना संक्रमण पुष्टि भएपछि आकस्मिक बाहेकका अन्य सेवा बन्द गरिएको छ ।

धुलिखेल अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द

अस्पतालमा उपचाररत ९२ वर्षीय वृद्धका परिवारका सदस्य र बहिरंग विभागमा आएका एक जनामा संक्रमण पुष्टि भएपछि आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको अस्पतालका प्रशासकीय निर्देशक डा. रमेश माकजूले जानकारी दिए ।

अस्पतालमा कार्यरत नर्सलाई संक्रमण देखिएको हो । बानेश्वरमा बसोबास भएपछि जन्मदिन मनाउन धुलिखेल आएका ९२ वर्षीय बृद्धमा कोरोना संक्रमण पुष्टि भएपछि उनको सम्पर्कमा आएका परिवारको सदस्यको समेत जाँच गरिएको थियो ।

बानेश्वरदेखि संगै आएकी परिवारकी सदस्यको पीसीआर नतिजा पोजिटिभ आएको हो । अस्पताल अगाडी होटल सञ्चालन गर्दै आएका एक व्यवसायीको आमाले पनि होटलमा नै बसेर धुलिखेल अस्पतालको बहिरंग विभागबाट सेवा लिएकी थिइन् । संक्रमण पुष्टि भएकी नर्स अस्पतालका विभिन्न विभागमा पुगेको र संक्रमण हुन सक्ने क्वारेन्टाइनको व्यवस्था गर्न लागिएको डा. माकजूले बताए ।

यता, संघीय प्रहरी इकाई वाग्मतीमा कार्यरत थप ६ प्रहरी कर्मचारीमा संक्रमण पुष्टि भएको छ । यसअघि इकाइका १३ जनामा संक्रमण पुष्टि भइसकेको छ । जिल्लामा २ स्वास्थ्यकर्मी, १४ प्रहरी कर्मचारीमा संक्रमण देखिएको छ । हालसम्म संक्रमण पुष्टि भएका ६२ मध्ये २९ जना निको भएर घर फर्किसकेका छन् भने १ जनाको उपचारको क्रममा मृत्यु भएको थियो ।

प्रकाशित : श्रावण २९, २०७७ १७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?