कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२२

निषेधाज्ञा कार्यान्वयन गराउन नुवाकोटमा सेना परिचालन

कृष्ण थापा

नुवाकोट — स्थानीयस्तरमा जनप्रतिनिधिसमेत कोरोना भाइरसको संक्रमण देखिएपछि जिल्ला संकट व्यवस्थापन केन्द्रले मंगलबारबाट निषेधाज्ञाको दायर बढाउँदै सेना परिचालन गरेको छ ।

निषेधाज्ञा कार्यान्वयन गराउन नुवाकोटमा सेना परिचालन

दुप्चेश्वर गाउँपालिकाका एक जनप्रतिनिधि, बैंकका सुरक्षाकर्मीसहित ४ जनामा कोरोना संक्रमण भएको पाइएपछि संकट व्यवस्थापन केन्द्रले मंगलबारबाट सेना परिचालित गरेको हो । स्थानीय प्रशासनले मंगलबारबाट दुप्चेश्वर गाउँपालिका, तादी गाउँपालिकाका २, ३, ४ र ५, पञ्‍चकन्या गाउँपालिका–४ र ५, शिवपुरी गाउँपालिका–१ देखि ५ र तारकेश्वर गाउँपालिकाका २, ४, ५ र ६ वडामा ८ दिनका लागि निषेधाज्ञा लगाइएको हो ।

संकट व्यवस्थापन केन्द्रले मंगलबारबाट सदरमुकाम विदुर, दम्की, बट्टार, पुरानोबजार, हावाघर, त्रिशूली, बागटार कोलनी क्षेत्रमा माइकिङ गर्दै सेनाको गस्ती थालिएको जबरजंग गणले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालको अध्यक्षतामा बसेको केन्द्रको बैठकले सोमबार साँझ निषेधाज्ञा कडा गराउन सेना परिचालन गर्ने उक्त निर्णय गरेको हो ।

नुवाकोटमा मंगलबार विदुर नगरपालिकाभित्र महिला र पुरुष गरी दुई जनामा संक्रमण भएको पाइएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

नुवाकोटमा संक्रमितको संख्या ६३ जना पुगेको छन् ।

प्रकाशित : श्रावण २७, २०७७ १८:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?