कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धादिङमा बालुवा मजदुरहरुद्वारा स्थानीय प्रशासन घेराउ

हरिहरसिंह राठौर

धादिङ — त्रिशूली नदीमा बालुवा उत्खनन् गर्न पाउनुपर्ने भन्दै मजदुरहरु आन्दोलनमा उत्रिएका छन् । मजदुरहरुले आइतबार अपराह्‍न जिल्ला सदरमुकाममा रहेको जिल्ला प्रशासन कार्यालय घेराउ गर्दै नाराबाजी गरेका हुन् । जिल्ला सुरक्षा समितिले त्रिशूलीको बाढीमा बालुवा झिक्ने क्रममा मानवीय क्षति हुने भन्दै साउन १६ गतेदेखि बन्द गरेको थियो । 

धादिङमा बालुवा मजदुरहरुद्वारा स्थानीय प्रशासन घेराउ

त्रिशूली नदी किनारका गल्छी, गजुरी गाउँपालिकाबाट एक दर्जन टिपर चढेर आएका मजदुरहरुले स्थानीय प्रशासन घेराउ गरेका थिए । मजदुरहरुको अगुवाई गर्दै आएका गणेशलाल श्रेष्ठले प्रमुख जिल्ला अधिकारी अस्मान तामाङलाई ज्ञापन पत्र दिँदै चाडबाड आइरहेको बेला बालुवा झिक्‍न प्रतिबन्ध लगाइनु उचित नहुने बताए । उनले असारदेखि लगातार ३ महिना झिकेको बालुवाले नै वर्षभरि मजदुरहरुले गुजारा1 टार्नु पर्ने अवस्था रहेको उनले बताए ।

मजदुरहरुले कोल्फुखोला, जिन्टेटार, छोटेवगर, रुम्टाटार, पाँच सय टार, स्यालटार, मलेखु लगायतका स्थानबाट बालुवा झिकेर प्रतिटिपर ५ हजार ५ सय रुपैयाँ बेच्‍ने गरेका छन् ।

प्रजिअ तामाङले सरकारले २०७१ भदौदेखि नै मानवीय सुरक्षाकै लागि वर्षात्‌मा नदी पस्न मनाही गरिएको स्मरण गराए । मजदुरहरुको सुरक्षा सामग्री, जीवन बीमा लगायतका व्यवस्था नगरिएकोले पनि बर्खायाममा बालुवा निकाल्‍न बन्द गरिएको प्रजिअ तामाङले बताए ।

प्रकाशित : श्रावण २५, २०७७ १६:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?