संघीय प्रहरी इकाई वाग्मतीका थप ५ जनामा कोरोना संक्रमण- वाग्मती - कान्तिपुर समाचार

संघीय प्रहरी इकाई वाग्मतीका थप ५ जनामा कोरोना संक्रमण

नगेन्द्र अधिकारी

काभ्रे — संघीय प्रहरी इकाई वाग्मतीका थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि संक्रमित दुई जनाको कन्ट्याक्ट ट्रेसिङ गरी पीसीआर परीक्षण गर्दा थप पाँच जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले जानकारी दिए ।

यसअघि इकाईका प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज जोशीका चालक र अर्का एक महिला महिला कर्मचारीलाई कोरोना संक्रमण देखिएको थियो । शिर मेमोरियल अस्पतालको आइसोलेसनमा कार्यरत एक जनामा पनि संक्रमण पुष्टि भएको छ ।

प्रकाशित : श्रावण २४, २०७७ १२:४१
प्रतिक्रिया
पठाउनुहोस्

महोत्तरीबाट आएका १३ मजदुरमा कोरोना

प्रकाश बराल

बागलुङ — धौलागिरी अञ्चल अस्पतालको ‘सी’ ब्लकको निर्माणका लागि आएका १३ जना मजदुरमा कोरोना संक्रमण देखिएको छ ।  

एक साताअघि महोत्तरीबाट आएका उनीहरु बागलुङ नगरपालिकाको क्वारेन्टाइनमा बसेका थिए । लामो यात्रा गरेको र सीमा क्षेत्रबाट आएको भन्दै नगरपालिकाले क्वारेन्टाइनमा राखेको थियो । पोखरामा गरिएको परीक्षणमा शनिबार बिहान उनीहरुलाई संक्रमण पुष्टि भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र पोखरेलले बताए ।

कामका लागि १७ मजदुर आएका थिए । साउन १८ गते उनीहरुमध्ये एक जनाको मात्रै पीसीआर गरिएको थियो । ती युवामा संक्रमण देखिएपछि सबै जनाको स्वाब परीक्षण गरिएकोमा १३ जनामा कोरोना पुष्टि भएको हो । उनीहरु २२ वर्षदेखि ३५ वर्षसम्मका छन् ।

लकडाउनका कारण रोकिएको भवन निर्माणका लागि ठेकेदारले मजदुर झिकाएका थिए । संक्रमण पुष्टि भएका सबैलाई आइसोलेसन लैजाने तयारी छ ।

प्रकाशित : श्रावण २४, २०७७ १२:२७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×