कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा जोशी

प्रताप विष्ट

हेटौडा — वाग्मती प्रदेश सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा प्राध्यापक डा. विश्वराज जोशीलाई नियुक्त गरेको छ ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा जोशी

मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बुधबार बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले जोशीलाई ४ वर्षका लागि प्रदेशले स्थापना गरेको प्रतिष्ठानको उपकुलपति नियुक्त गर्ने निर्णय गरेको हो ।

जोशी यसअघि वीर अस्पतालमा नेसनल एकेडेमी अफ मेडिकल साइन्सको रजिस्ट्रार र युरोलोजी विभागका प्रमुख थिए । उपकुलपति नियुक्तीसँगै प्रतिष्ठान सञ्चालनका कार्यहरु अगाडि बढ्ने सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले बताए ।

यसैगरी बैठकले प्रदेश बाल अधिकार समितिमा झबिन्द्र ज्ञवाली, शान्ता बराल, शान्ति श्रेष्ठ, मिनाथापा र लक्ष्मी ढकाललाई मनोनित गर्ने निर्णय गरेको छ ।

बैठकले प्रदेश युवा परिषद् नियमावली २०७७ स्वीकृत गर्ने निर्णय गरेको आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले जानकारी दिए । यसैगरी वैदेशिक सहयोग प्राप्ति र कर छुटका लागि संघीय सरकारलाई सिफारिस गर्ने निर्णय पनि भएको मन्त्री ढुंगेलले बताए ।

प्रकाशित : श्रावण १४, २०७७ १७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?