कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मकवानपुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु, एक घाइते

सुवास विडारी

मकवानपुर — हेटौंडा–१७ ख स्थित हटियामा सोमबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मकवानपुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु, एक घाइते

धरान–चतरा सडकखण्ड अन्तर्गत हेटौंडाबाट रड बोकेर पूर्वी क्षेत्रको फापरवारीतर्फ जाँदै गरेको ना ५ त ८०८८ नम्बरको ट्याक्टर अनियन्त्रित भएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा वाग्मती गाउँपालिका–६ कायरका ४५ वर्षीय शंकर लोप्चन र वाग्मती–८ का १७ वर्षीय सुजल नेगी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

दुर्घटनामा घाइते भएका उनीहरुको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उक्त दुर्घटनमा घाइते भएका १६ वर्षीय मनोज जिम्बाको अवस्था सामान्य रहेको र उनको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । सवारी चालक भने फरार रहेका छन् । दुर्घटनास्थल हेटौंडाबाट करिब १२ किलोमिटर पूर्वमा हो ।

प्रकाशित : श्रावण १२, २०७७ १४:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?