कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पहिरोले सिन्धुलीमा मध्यपहाडी लोकमार्ग अवरुद्ध

राजकुमार कार्की

सिन्धुली — पहिरो झरेपछि सिन्धुलीमा मंगलबार बिहानदेखि मध्यपहाडी लोकमार्ग अवरुद्ध बनेको छ । गोलन्जोर गाउँपालिका–१, च्याखुटार बेंसीमा सडक करिब सय मिटर ढाक्ने गरी पहिरो झरेको हो । 

पहिरोले सिन्धुलीमा मध्यपहाडी लोकमार्ग अवरुद्ध

राति ठूलो आवाज गरेर पहिरो झरेको स्थानीय विष्णुहरि न्यौपानेले जानकारी दिए । सडक थुनिँदा ओखलढुंगा, सोलुखुम्बु, भोजपुर, खोटाङलगायता जिल्लासँग यातायात सम्पर्क टुटेको ठूलो पहिरो भएकाले स्थानीय तहबाट पन्छाउन कठिनाइ भएको गोलन्जोर गाउँपालिका अध्यक्ष पुष्पबहादुर कार्कीले जानकारी दिए । ‘माथिबाट पहिरो खसिरहेकाले तल सडकमा पन्छाउन सक्ने अवस्था छैन,’ उनले भने, ‘पानी पर्न रोकिएपछि पहिरो हटाउन प्रयास गर्ने हो ।’

लोकमार्गअन्तर्गत वडा नं ६ को हैबारनजिक समेत पहिरो खसेको छ । धेरै स्थानमा पहिरो गएकाले तत्काल यातायात सञ्चालनमा नआउने अध्यक्ष कार्कीको भनाइ छ ।

बीपी राजमार्ग पनि लेदो माटो बग्ने र खहरे उर्लने गरेकाले बेलाबेला अवरोध हुने गरेको छ । लेदो पन्छाउन डोजर ‘स्ट्यान्डबाई’ राखिएको सुनकोसी गाउँपालिका अध्यक्ष दीपा बोहोरा दाहालले जानकारी दिइन् । ‘बीपी राजमार्ग सुचारु छ तर सतर्क रहन सबैमा अपिल गरिएको छ,’ उनले भनिन् ।

प्रकाशित : श्रावण ६, २०७७ १०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?