१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

राजकुमार कार्की

राजकुमार कार्कीका लेखहरु :

गणतन्त्रमाथि खतरा छैन : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रमाथि केही मान्छेले हिलो छ्याप्ने काम गरे पनि त्यसबाट डराउनुपर्ने अवस्था नरहेको बताएका छन् ।

सुनकोसी-मरिण डाइभर्सनमा १ वर्ष नबित्दै ९ किलोमिटर खनियो सुरुङ

राष्ट्रिय गौरवको आयोजना सुनकोसी–मरिण डाइभर्सनमा १ वर्षभन्दा छोटो अवधिमा ९ किलोमिटर सुरुङको काम सकिएको छ । कमलामाई नगरपालिका–२ को कुसुमटारदेखि सुनकोसी गाउँपालिका ७ को कानढुंग्रीसम्म १३ दशमलव ३ किलोमिटरमध्ये आइतबारसम्ममा ९ किलोमिटर सुरुङ खन्ने काम सकिएको आयोजनाले जनाएको छ । यो झण्डै ६८ प्रतिशत हुन आउँछ । 

अझै भेटिएनन् सुनकोशीमा बेपत्ता भएका सीटीईभीटीका अधिकारीहरू

सुनकोशी नदीको बहावलाई आधा फर्काएर खोजबिन गर्दा समेत बेपत्ता जिप तथा सीटीईभीटीका तीन जना अधिकारीहरु फेला परेका छैनन् । सशस्त्र प्रहरी, सेनाको गोताखोर र जनपथ प्रहरीको विपद् व्यवस्थान समेत चार वटा टोलीले सुनकोशी नदीमा चार दिनअघि जिप खस्दा बेपत्ता भएका प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का दुई निर्देशक र एक अधिकृतलाई फेला पार्न सकेका छैनन् ।

सिन्धुलीमा लटरम्मै जुनार

कमलामाई नगरपालिका–३ भोटेछापका किसान जुद्धबहादुर राईको जुनार बगैंचा यतिखेर पहेंलपुर छ । जुनार पाकेर टिप्ने बेलामा बगैंचा पहेंलपुर भएर सुनजस्तै टल्कन्छ । मंसिरको दोस्रो साताबाट माघ महिनासम्म जुनार पाक्ने सिजन हो । किसान राईको १६ रोपनीमा ५ सय बोट जुनार बगैंचा छ ।

मजदुरको पारिश्रमिक वृद्धिपछि अघि बढ्यो सुनकोसी मरिण डाइभर्सनको काम 

मजदुरहरुको पारिश्रमिक वृद्धिपछि सुनकोसी–मरिण डाइभर्सनको काम अघि बढेको छ ।  सरकारी जिल्ला दररेट अनुसारको न्यूनतम पारिश्रमिक पाउनुपर्ने लगायतका माग राख्दै एक सातादेखि सुनकोसी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनामा काार्यरत मजदुर आन्दोलित  थिए । ठेकेदार कम्पनीले मजदुरको न्यूनतम पारिश्रमिक दैनिक ३० रुपैयाँ बढाएपछि आन्दोलन स्थगित भएर आइतबारबाट काम सुरु भएको हो ।

एमसीसीमा मेरो गोरुको बाह्रै टक्का नगरौं : गजुरेल

माओवादी केन्द्रका नेता एवं पूर्वमन्त्री हरिबोल गजुरेलले नेपाल र अमेरिका दुवै अलिकति पछाडि हटेर एमसीसीमा सहमति बनाउनुपर्ने बताएका छन् । 

१८ किलोमिटर सडक पार गरेको १५ रुपैयाँ कर !

सिन्धुली– बीपी राजमार्ग अन्तर्गत सिन्धुलीमाडी–बर्दिवास सडक खण्डको भिमानमा राजमार्ग प्रयोग गरेवापत मनपरी कर असुल्ने गरिएको छ ।