दुधौलीमा कारको ठक्करबाट बालकको मृत्यु

स्थानीयले चालकलाई कारबाही र क्षतिपूर्तिको माग गर्दै मदन भण्डारी राजमार्गमा चक्काजाम गरेका छन्

वैशाख ३०, २०८२

राजकुमार कार्की

A child died after being hit by a car in Dudhauli

सिन्धुली — मदन भण्डारी लोकमार्गअन्तर्गत सिन्धुलीको दुधौली नगरपालिका-८ खोरभन्ज्याङमा कारको ठक्करबाट मंगलबार दिउँसो बालकको मृत्यु भएको छ ।

कटारीबाट डकाहातर्फ आउँदै गरेको बीएबी ०१८८ नं को कारको ठक्करबाट दुधौली-७ चिहानडाँडाका गंगाराम सदाका छोरा १० वर्षीय मन्देश सदाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

चालक संखुवासभा चैनपुर-१० का रामकुमार राईलाई इलाका प्रहरी कार्यालय डकाहाले नियन्त्रणमा लिएको  छ । बालकको मृत्यपछि स्थानीयले चालकलाई कारबाही र क्षतिपूर्तिको माग गर्दै मदन भण्डारी राजमार्गमा चक्काजाम गरेका छन् ।

राजकुमार कार्की कार्की कान्तिपुरका सिन्धुली संवाददाता हुन् ।

Link copied successfully