सिन्धुली — सिन्धुली कारागारबाट भागेकामध्ये २०० कैदीबन्दी फर्काइएको छ । ४७१ जना कैदीबन्दी भागेकामा २७१ जना अझै सम्पर्कमा आएका छैनन् । अन्य कारागारबाट भागेका १२ जनालाई पनि प्रहरीले पक्राउ गरी सिन्धुली कारागारमा राखेको छ ।
कारागारका सूचना अधिकारी मातृकाप्रसाद पहाडीका अनुसार कतिपयलाई स्थानीयले पक्रेर प्रहरीको जिम्मा लगाएको,कोही आफैं सम्पर्कमा आएका,प्रहरीको खोजतलासमा भेटिएकासमेत गरी शुक्रबारसम्ममा २१२ जना रहेका छन् । भागेकाहरू फर्कने क्रम जारी रहेको उनले जनाए । भागेकाहरूलाई कारागारको सम्पर्कमा आउन सूचनासमेत जारी गरिएको छ ।
