कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रामेछापको कठजोरमा छुरा प्रहारबाट १ को मृत्यु, २ घाइते

टीकाप्रसाद भट्ट

रामेछाप — रामेछापको मन्थली नगरपालिका–२, कठजोरमा सोमबार राति छुरा प्रहार गरी १ जनाको हत्या गरिएको छ । छुरा प्रहारबाट २ जना घाइते भएका छन् । गाउँमा झारफुक गराएर घर फर्कंदै गरेका ६२ वर्षीय विनोदकुमार श्रेष्ठलाई बाटो ढुकेर बसेका स्थानीय ५० वर्षीय दिलबहादुर श्रेष्ठले छुरा प्रहार गरेको प्रहरीले बताएको छ ।

कोखमा छुरा लागेर गम्भीर घाइते भएका श्रेष्ठलाई उपचारका लागि मन्थलीको तामाकोसी अस्पताल पुऱ्याइए पनि उनको उपचारका क्रममा मृत्यु भएको हो ।

यसैगरी छुरा प्रहारबाट गम्भीर घाइते भएका ३५ वर्षीय नारायण श्रेष्ठलाई थप उपचारका लागि काठमाडौंको ट्रमा सेन्टर लगिएको छ । घटनामा २५ वर्षीय प्रेमबहादुर श्रेष्ठ सामान्य घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख बसन्त पाठकले अपराधमा संलग्न दिलबहादुर श्रेष्ठलाई प्रहरीले रातिनै नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको बताए । प्रहरीले घटनाको अनुसन्धान सुरु गरिसकेको पाठकले बताएका छन् ।

प्रकाशित : असार ३०, २०७७ ०६:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?