कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

लार्चा खोलाले बगाएका दुई जनाको शव फेला

अनिश तिवारी

सिन्धुपाल्चोक — भोटेकोसी गाउँपालिका–३ स्थित लार्चामा माथिबाट आइरहेको ठाडो खोलाले बेपत्ता भएका लार्चाका स्थानीय नाम्टे मगरसहित लार्चा पुलछेउमा एउटा पहिचान नखुलेको शव फेला परेको छ । अविरल वर्षाले मजदुर मगरसहित दुई जनालाई लार्चा ठाडो खोलाले शुक्रबार बिहान ८ बजेतिर बगाएर बेपत्ता बनाएको थियो । स्थानीयका अनुसार लार्चा क्षेत्रका अझै एक जना बेपत्ता छन् । प्रहरीले स्थानीयसँग र जनप्रतिनिधिसँग सोधपुछ गर्दै खोजी कार्य जारी राखेको छ ।

लार्चा खोलाले बगाएका दुई जनाको शव फेला

वर्षैपिच्छै विपत्ति खेपिरहेको सीमावर्ती तातोपानी क्षेत्रको लार्चादेखि लिपिङ, हिन्दी तटिय क्षेत्रका चार घर बगाएसँगै दुई दर्जन घर जोखिममा परेका छन् । भोटेकोसी गाउँपालिका हिन्दी बजारका ध्रुव थापाका अनुसार वर्षात नरोकिएकाले भोटेकोसीको लार्चा, कोदारी, तातोपानी, बोलेपा, गोमाचे, पाङ्सेर्पु, खकुण्डोलदेखि दुगुनामा बज्र इको रिर्सोट छेउको बस्ती माथि पहिरो झर्न थालेपछि स्थानीय सुरक्षित ठाउँ खोज्दै माथिल्लो गाउँ सरेका थालेका छन् । ‘भोटेकोसी उर्लिएपछि स्थानीयमा भागाभाग मच्चिएको छ, सबैलाई सुरक्षित स्थानमा स्थानन्तरण गर्दैछौं ।,’उनले भने ।

कोदारी राजमार्गको स्थानपिच्छे सडक भासिएपछि बाह्रबिसे र भोटेकोसीमा सम्पर्क टुटेको छ । बाह्रबिसेबाट २६ किलोमिटरको दूरीमा रहेको लिपिङ पुग्ने कोदारी राजमार्ग बन्द भएको छ । खाग्दल, जम्बु, डाक्लाङ, दशकिलो सडक पूरै क्षतविक्षत भएकाले एक बजार र गाउँबाट अर्कोमा आउजाउ बन्द भएको छ ।

भोटेकोसी–३ स्थित तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयमा लेदो पसेको छ भने मध्य भोटेकोसी जलविद्युत आयोजनाको हेर्डवक्सस्थल, टनेलदेखि विभिन्न संरचनामा करोडौंको क्षति पुगेको छ ।

प्रकाशित : असार २६, २०७७ १५:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?