कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

टिपरको ठक्करबाट दाजुभाइको मृत्यु 

नगेन्द्र अधिकारी

काभ्रे — टिपरको ठक्करबाट काभ्रेमा दुई जनाको ज्यान गएको छ । बुधबार धुलिखेल २ मा भएको उक्त दुर्घटनामा परी ५० वर्षीय वेदप्रसाद कोइराला र उनका ५५ वर्षीय दाजु गोवर्द्धनको मृत्यु भएको इलाका प्रहरी कार्यलय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनाले जानकारी दिए ।

बा ३६ प ५०५२ नम्बरको मोटरसाइकलमा सवार कोइराला दाजुभाइलाई सोही दिशातिर गइरहेको बा ४ छ ६३८३ नम्बरको टिपरले ठक्कर दिएको थियो । वेदप्रसाद सव डिभिजन वन कार्यलय कटुञ्‍जेका वन रक्षक थिए ।

मोटरसाइकललाई ठक्कर दिने टिपरलाई चालकले नालीमा खसालेर फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : असार १७, २०७७ १५:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?