कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भरतपुरमा गरिएको परीक्षणमा थप ३४ लाई कोरोना

रमेशकुमार पौडेल

चितवन — भरतपुरको कोभिड–१९ प्रयोगशालामा बिहीबार भएको स्वाब परीक्षणमा ३४ जनामा संक्रमण भेटिएको छ । तिनमा १२ जना चितवनका रहेको भरतपुर अस्पतालले गए राति निकालेको सूचनामा उल्लेख छ ।

भरतपुरमा गरिएको परीक्षणमा थप ३४ लाई कोरोना

यससँगै चितवनमा संक्रमितको संख्या ५५ पुगेको छ । हिजो भेटिएका १२ मध्ये नौ संक्रमित माडी नगरपालिकाका हुन् । माडीमा यसअघि पनि १८ जना संक्रमित भेटिइसकेका छन् ।

अस्पतालको सूचनामा बिहीबार पुष्टि भएका चितवनका संक्रमितमध्ये बाँकी तीन जना भरतपुर महानगरपालिका–१५ की महिला र भरतपुर–१६ का पुरुष तथा रत्ननगर–४ की महिला रहेको उल्लेख छ । चितवनका कुल संक्रमितमध्ये हालसम्म २५ जना निको भएर घर फर्केका छन् भने एक जनाको निधन भएको छ ।

कोभिड–१९ परीक्षण प्रयोगशालामा बिहीबार २ सय १४ वटा नमुना परीक्षण भएको थियो । तीमध्ये ३४ नमुनामा कोरोना भाइरसको संक्रमण भेटिएको भरतपुर अस्पतालले जारी गरेको सूचनामा उल्लेख छ । अन्य संक्रमितमा नवलपुर, गैंडाकोटका सात, कावासोतीका १४ जना र चितवन मेडिकल कलेजको भरतपुरमा रहेका शिक्षण अस्पतालमा उपचार गराइरहेका गोदावरी–७ का ५० वर्षीय पुरुष छन् ।

प्रकाशित : असार १२, २०७७ ०९:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?