कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हेटौंडा उपमहानगरको बजेट २ अर्ब ८ करोड

सडकलाई विशेष प्राथमिकता दिँदै भौतिक पूर्वाधारतर्फ ९७ करोड ९८ लाख ३९ हजार रुपैयाँ विनियोजन

मकवानपुर — हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम र बजेट बुधबार सार्वजनिक गरेको छ । हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीना लामाले आगामी वर्षका लागि २ अर्ब ८ करोड ६६ लाख ३३ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेकी हुन् ।

हेटौंडा उपमहानगरको बजेट २ अर्ब ८ करोड

वाग्मती प्रदेशको एकमात्र उपमहानगरको रुपमा रहेको हेटौंडाले सडकलाई विशेष प्राथमिकता दिँदै भौतिक पूर्वाधारतर्फ ९७ करोड ९८ लाख ३९ हजार रुपैयाँ विनियोजन गरेको छ । सामाजिक विकासतर्फ ७२ करोड ७४ लाख ७९ हजार, आर्थिक विकासतर्फ ६ करोड ५३ लाख, वातावरण तथा विपद् व्यवस्थापनतर्फ चारकरोड ७१ लाख १९ हजार, संस्थागत विकास, सेवा प्रवाह र सुशासनतर्फ २३ करोड १४ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ ।

उपमहानगरले आगामी आर्थिक वर्षमा आन्तरिक स्रोतबाट २० करोड १४ लाख ७९ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य लिएको छ । राजस्व बाँडफाँडबाट ५५ करोड तीन लाख, प्रदेश सरकारबाट विभिन्न अनुदान आठ करोड ३५ लाख ९८ हजार, संघीय सरकारको अनुदानबाट ९८ करोड ९९ लाख र राजस्व बचतबाट २६ करोड १३ लाख आम्दानी हुने लक्ष्य लिएको छ ।

उपमेयर लामाका अनुसार एकीकृत बसपार्क तथा टर्मिनल भवन निर्माणका लागि १४ करोड रुपैयाँ, बस्ती तथा वडास्तरीय आयोजनाका लागि ३२ करोड ७० लाख, वृहत्तर चक्रपथ निर्माण कार्यका लागि दुई करोड रुपैयाँ विनियोजन गरेको छ । कृषि प्रवद्र्धनका लागि २ करोड ९६ लाख, खेलकुद प्रशिक्षण केन्द्र निर्माणका लागि दुई करोड ५० लाख, कभर्ड हल निर्माण सम्पन्न गर्न एक करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

प्रकाशित : असार १०, २०७७ १२:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?