कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मकवानपुरमा ७२ वर्षीया वृद्धाको हत्या

सुवास विडारी

मकवानपुर — मकवानपुरमा बुधबार राति एक वृद्धाको हत्या भएको छ । मकवानपुरगढी गाउँपालिका–१ फूलबारीमा ७२ वर्षीया वृद्धा कान्छीमाया भोम्जनको धारिलो हतियार प्रयोग गरी हत्या भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उनको टाउकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

हत्यापछि प्रहरी नायब उपरीक्षक रानाको टोली घटनास्थल पुगी अनुसन्धान सुरु गरेको छ । हत्याको आशंकामा प्रहरीले उनका ज्वाइँ ३९ वर्षीय पदम नेपालीलाई पक्राउ गरेको छ । अत्यधिक मादक पदार्थ सेवन गरेर आएका ज्वाइँले सासूको हत्या गरेको हुनसक्ने आशंका छिमेकीहरुले गरेका छन् । यस बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रकाशित : जेष्ठ २९, २०७७ १०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?