कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

क्‍वारेन्टाइनमा आयुर्वेदिक औषधि

राजकुमार कार्की

सिन्धुली — क्वारेन्टाइनमा बसेकालाई रोग प्रतिरोधात्मक क्षमता बढाउने भन्दै आयुर्वेदिक औषधि वितरण सुरु गरिएको छ ।

आयुर्वेद स्वास्थ्य केन्द्र सिन्धुलीले चार थरीका औषधि वितरण गर्दै घुम्ती योग प्रशिक्षण सुरु गरेको हो । अश्वगन्धा चूर्ण, गुडुची चूर्ण, पाचक र तुलसी चिया वितरण गरिएको केन्द्रका वैद्य दीपक तिमल्सिनाले बताए ।

लामो यात्राको थकानले कमजोर भएकालाई शक्तिबर्द्धक चूर्णले फाइदा गर्ने उनको भनाइ छ । स्वास्थ्य जाँच गरी औषधि दिन थालिएको हो ।

दुधौली, चन्दनपुर, भिमान र कमलामाईका क्वारेन्टाइनमा बसेकालाई योग प्रशिक्षणसमेत दिइएको उनले बताए ।

प्रकाशित : जेष्ठ २४, २०७७ २०:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?