१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

मकवानपुरमा जिप दुर्घटना : ५ जना घाइते

सुवास विडारी

मकवानपुर — मकवानपुरको पूर्वी क्षेत्रमा पर्ने बकैया गाउँपालिका–३ जलजलेमा  जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । 

मकवानपुरमा जिप दुर्घटना : ५ जना घाइते

हात्तिसुँडेबाट हेटौंडातर्फ आउँदै गरेको ना. १ ज २९७२ नम्बरको टाटा सुमो यान्त्रिक गडबडीका कारण सडक छेउमा पल्टिँदा सुमोमा सवार पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) इन्द्रबहादुर रानाले जानकारी दिए । घाइते हुनेमा बकैया–८ बस्तीपुरका ४८ रामबहादुर गोले, ४० वर्षीया सुनिता योञ्जन, २४ वर्षीया सम्झना योञ्जन, ३७ वर्षीय जीतबहादुर गोले र ४५ वर्षीय बुद्धिलाल गोले रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएकी सुनितालाई थप उपचारका लागि हेटौंडा ल्याइएको र अन्य घाइते स्थानीय मेडिकलमा उपचार गराइ घर फर्किएको डीएसपी रानाले बताए । जिपचालक भने फरार रहेको प्रहरीले बताएको छ ।

प्रकाशित : जेष्ठ २३, २०७७ १४:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?