कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

प्रताप विष्ट

हेटौंडा — कान्तिलोकपथअन्तर्गत हेटौंडा उपमहानगरपालिका ७ न्युरेनीमा बिहीबार भएको मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका—४ का कमलडाँडाका ६२ वर्षीय जीतबहादुर थापा रहेका छन् ।

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

हेटौंडा उपमहानगरपालिका—६ चौघडाबाट हेटौंडा बजारतर्फ आउने क्रममा ना १२ प ५७७३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउमा पल्टिएर थापा घाइते भएका थिए । घाइते थापाको हेटौंडा अस्पतालमा उपचार गर्ने क्रममा मृत्यु भएको प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले बताए ।


प्रकाशित : जेष्ठ २२, २०७७ १९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?