कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लेदो भेटिएपछि हेटौंडाको पानी उद्योग सिल

सुवास विडारी

हेटौंडा — बजारमा बिक्री गरिएको पानीमा लेदो भेटिएपछि हेटौंडामा पानी उद्योग सिल गरिएको छ । हेटौंडा–९ मा रहेको नेचुरल वेभरेज पानी प्रशोधन उद्योगबाट उत्पादित पानीमा लेदो भेटिएपछि उद्योगमा सिल गरिएको छ ।

लेदो भेटिएपछि हेटौंडाको पानी उद्योग सिल

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडा मकवानपुर र जिल्ला प्रशासन कार्यालय मकवानपुरको संयुक्त टोलीले उद्योगमा सिल गरेको हो । उद्योगले उत्पादन गरेको अमृत जल नामक मिनरल वाटर फोहोर भएको भन्ने उजुरीको आधारमा खाद्य तथा प्रशासनको संयुक्त अनुगमन टोलीले उद्योगमा सिल गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय मकवानपुरका प्रमुख सोमकान्त रिजालले जानकारी दिए ।

‘अनुगमनका क्रममा उद्योगको पानि फिलिङ गर्ने मेसिन र रिभव राओ मेसिन बिग्रिएको अवस्थामा पायौं, त्यसैले उद्योगमा सिलबन्दी गरेका हौं’, रिजालले भने । अनुगमनको क्रममा उद्योगमा कार्यरत मजदुरहरुले मेसिन बिग्रिएको कारण हातैले बोतलमा पानी भरिरहेको अवस्थामा फेला पारेको थियो । ‘लकडाउनको समयमा सञ्चालित उद्योगले कुनै पनि किसिमको सुरक्षा नअपनाएको रहेको छ ।’, उनका अनुसार सरकारले भनेअनुसार दूरीसमेत कायमसमेत नगरिएको बताए ।

प्रकाशित : जेष्ठ २२, २०७७ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?