कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

काभ्रेमा जलेर मृत्यु हुनेको संख्या ३ पुग्यो

नगेन्द्र अधिकारी

काभ्रे — ग्यास लिक भइ आगलागी भएको घटनामा मृतकको संख्या ३ पुगेको छ । जेठ १६ गते बनेपा तरकारी बजारमा रत्नकुमार शाह ठकुरीको घरमा ग्यास लिक भइ आगलागी हुँदा घाइते ५ मध्ये १४ वर्षीय अनिश शाह ठकुरीको बुधबार किर्तिपुरस्थित वर्न अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यलय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनाले जानकारी दिए । 

मंगलबार १६ वर्षीय आयुष र २६ वर्षीय रुकेश शाह ठकुरीको उपचारकै क्रममा मृत्यु भएको थियो । सोही घटनामा घाइते १८ महिने शिशु रचना र २४ वर्षीया सोफीको उपचार भइरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित : जेष्ठ २१, २०७७ १७:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?