कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

घरमा सुतिरहेकी युवतीलाई हतियार प्रहार गरी फरार 

टीकाप्रसाद भट्ट

रामेछाप — रामेछापको सुनापति गाउँपालिका–५ खनियापानीकी १६ बर्षिया किशोरीलाई राति सुतिरहेको अवस्थामा धारिलो हतियार प्रहार गरी एक युवक फरार भएका छन् । 

शनिबार राति आफ्नै घरमा सुतिरहेको अवस्थामा १६ बर्षिया किशोरी रजिता खड्कामाथि धारिलो हतियारपश्चात स्थानीय कृष्ण कोइराला फरार भएको प्रहरीले बताएको छ । गम्भीर घाइते किशोरीलाई उपचारका लागि काठमाडौं लगिएको छ । कक्षा ९ मा अध्ययरत छात्रा खड्काको घाँटीमा गहिरो चोट छ । फरारको खोजी भइरहेको प्रहरीले बताएको छ ।

प्रकाशित : जेष्ठ १८, २०७७ १७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?