कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धादिङको खानीखोलामा रहेको औषधि उद्योगमा आगलागी

हरिहरसिंह राठौर

काठमाडौँ — धादिङ जिल्लाको धुनिबेंशी नगरपालिकामा रहेको नोभा जेनेटिकका औषधि उद्योगमा आगलागी भएको छ । धुनिबेंशी नगरपालिका–६ खानीखोलामा रहेको नोभा जेनेटिकका औषधि उद्योगमा आगलागी भएको हो ।

धादिङको खानीखोलामा रहेको औषधि उद्योगमा आगलागी

अहिले नगरपालिकाको दमकल, इलाका प्रहरी कार्यलय खानीखोलाबाट खटिएका प्रहरी र स्थानीयको सहयोगमा आगो निभाउने प्रयास भइरहेको छ । आगलागीमा मानवीय क्षति भने भएको छैन ।

आगलागीमा क्षति कति भयो र कसरी भयो भन्ने बारेमा अनुसन्धान भइरहेको खानीखोलास्थित प्रहरी निरीक्षक रुकबहादुर खड्काले बताए ।

प्रकाशित : जेष्ठ १४, २०७७ १५:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?