कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हेटौंडामा गर्भवतीमा कोरोना संक्रमण देखियो

सुवास विडारी

हेटौंडा — वाग्मती प्रदेशको राजधानी हेटौंडामा एक गर्भवती महिलामा कोरोना संक्रमण देखिएको छ । मंगलबार हेटौंडा–१० स्थित कीटजन्य रोग तथा अनुसन्धान केन्द्र हेटौंडामा गरिएको स्वाब परीक्षणमा गर्भवतीमा कोरोना संक्रमण पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाका स्वास्थ्य अधिकृत तथा आइसोलेसन वार्डका इन्चार्ज भोला चौलागाईंले जानकारी दिए ।

हेटौंडामा गर्भवतीमा कोरोना संक्रमण देखियो

हेटौंडा–१, स्थित चौकीटोलकी २५ वर्षीया महिलामा कोरोना संक्रमण देखिएको हो । उनी जेठ ९ गते चितवनबाट हेटौंडा आएकी थिइन् । उनी ५ महिनाको गर्भवती रहेकी छिन् ।

महिलाको घर भएको क्षेत्रलाई सिल गर्ने र महिलालाई आइसोलेसन वार्डमा पठाइएको हेटौंडा–१ का वडाअध्यक्ष सविन न्यौपानेले जानकारी दिए ।

प्रकाशित : जेष्ठ १४, २०७७ १०:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?