कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४५

संक्रमितको परिवारसहित १५ जनाको स्बाव टेकु पठाइयो

टीकाप्रसाद भट्ट

रामेछाप — रामेछापका कोरोना संक्रमित २५ वर्षीय युवकको परिवार र उनीसँग सम्पर्कमा आएका १५ जनाको स्वाब पीसीआर परीक्षणका लागि काठमाडौंको टेकुस्थित प्रयोगशालामा पठाइएको छ ।

संक्रमितको परिवारसहित १५ जनाको स्बाव टेकु पठाइयो

मंगलबार खाँडादेवी गाउँपालिका–१, राकाथुमका युवकमा कोरोना पुष्टि भएको थियो । जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुखको नेतृत्वमा टोली मंगलबारै संक्रमित व्यक्तिको घरमा गएर परिवारको स्वाब संकलन गरेको हो । उनीहरूलाई बाहिर हिँडडुल गर्न नदिने गरी घरमै क्वारेन्टाइनमा राखिएको छ । उनीहरूको रिपोर्ट बुधबार साँझसम्म आउने कार्यालयले जनाएको छ ।

संक्रमित युवक लकडाउन सुरु हुनुभन्दा केही दिनअघि घर आएर वैशाख ३० गते काठमाडौं फर्किएका थिए । उनी काठमाडौंको होटलमा काम गर्थे ।

गाउँपालिका अध्यक्ष प्रेमबहादुर तामाङका अनुसार संक्रमितको घरआसपास हिँडडुलमा रोक लगाउनुका साथै निगरानीका लागि प्रहरी परिचालन गरिएको छ ।

प्रकाशित : जेष्ठ ७, २०७७ ०७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?