कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धादिङकी कोरोना संक्रमित महिलाको गाउँका सबैको पीसीआर नेगेटिभ 

हरिहरसिंह राठौर

धादिङ — लकडाउन अवधिमा कोरोना संक्रमित बसेको बस्तीका माइती र घर पक्षसमेतको संकलित  स्वाबको पीसीआर परीक्षण नेगेटिभ आएको छ । गल्छी प्रहरीले लकडाउन अवधिमा संक्रमित महिलाको सम्पर्कमा आएका व्यक्तिहरुको कन्ट्याक्ट ट्रेसिङ गरेर माइती पक्षका १८ जना र र घरतर्फका २१ जनाको सूची तयार गरेको थियो । 

धादिङकी कोरोना संक्रमित महिलाको गाउँका सबैको पीसीआर नेगेटिभ 

उक्त सूची अनुसार जिल्ला वाग्मती प्रदेशका प्रयोगशाला निर्देशक डाक्टर नारायण कार्कीको नेतृत्वमा आएको समूहले ३६ जनाको स्वाब पीसीआर परीक्षणमा पठाएपछि सबैको नतिजा नेगेटिभ आएको र सतुंगलमा डेरामा रहेका श्रीमान प्रेमबहादुर र छोराको पनि रिपोर्ट नेगेटिभ नै आएको जिल्ला स्वास्थ्य प्रमुख डाक्टर भुवन पौडेलले बताए ।

गल्छीस्थित स्वास्थ्यचौकीमा कार्यरत नर्स र स्वास्थ्यचौकीकै एम्बुलेन्स चालकको आरडीटी रिपोर्ट पोजेटिभ आए पनि दुवैको स्वाब पीसीआर परीक्षणको लागि काठमाडौं पठाइएको छ ।

सोमबार धादिङका करिब एक सय सुरक्षाकर्मी, स्वास्थयकर्मी र सञ्चारकर्मीहरुको आरडीटी परीक्षण गरिने प्रमुख डाक्टर पौडेलले बताए ।

प्रकाशित : जेष्ठ ५, २०७७ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?