कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सुनकोसीमा पौडी खेल्नेक्रममा दुई बेपत्ता

राजकुमार कार्की

सिन्धुली — सुनकोसी नदीमा पौडी खेल्नेक्रममा बगाउँदा आइतबार दुईजना बेपत्ता भएका छन् । सिन्धुलीको फिक्कल गाउँपालिका ४ कुइभिर नजिक सुनकोसीमा पौडी खेल्दा बगाएर सुर्खेत पञ्‍चकोटी नगरपालिका ७ का २० वर्षीय विश्वजनक बुढाक्षेत्री र १९ वर्षीय दिनेश बुढाक्षेत्री बेपत्ता भएका प्रहरी नायव उपरीक्षक श्यामबहादुर केसीले जानकारी दिए ।

सुनकोसीमा पौडी खेल्नेक्रममा दुई बेपत्ता

बेपत्ता दुवै जना गाउँपालिका सदरमुकाम खाङसाङमा फर्निचरसम्बन्धी काम गर्थे । उनीहरुको खोजबिन भइरहेको प्रनाउ केसीले बताए ।

प्रकाशित : जेष्ठ ४, २०७७ १६:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?