कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संक्रमितको माइतीका १० जनाकै रिपोर्ट नेगेटिभ

राजकुमार कार्की

सिन्धुली — भक्तपुरकी कोरोना संक्रमित महिलाको माइतीघरका १० जनाकै रिपोर्ट नेगेटिभ आएको छ । ती महिला गत सोमबार कमलामाई नगरपालिका–९ भिमानस्थित माइतीघरमा खाना खाएर भक्तपुर फर्किएकाले उनीहरूको समेत परीक्षण गरिएको हो ।

संक्रमितको माइतीका १० जनाकै रिपोर्ट नेगेटिभ

सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष प्रह्लाद पोखरेलका अनुसार प्रादेशिक अस्पताल हेटौंडामा पीसीआर विधिबाट गरिएको परीक्षणमा ती सबैको रिपोर्ट नेगेटिभ आएको छ । संक्रमणको खतरा रहेको भन्दै माइतीका पाँच घर सिल गरी उनीहरूको सम्पर्कमा आएका अन्य १७ घरकालाई बाहिर निस्कन बन्देज लगाइएको छ । संक्रमितको सम्पर्कमा रहेकाहरूलाई १४ दिन क्वारेन्टाइनमै राखिनेछ ।

संक्रमित महिलासँग प्रत्यक्ष सम्पर्कमा रहेका माइतीघरका ८ र धनुषामा उनीसँग भेटेका भिमानकै २ गरी बिहीबार १० जनाको स्वाब संकलन गरिएको थियो ।


प्रकाशित : जेष्ठ ३, २०७७ ०७:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?