कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रामेछापबाट लुक्लाका लागि कार्गो उडान सुरु

टीकाप्रसाद भट्ट

रामेछाप — निर्माण सामग्री सड्ने डर भएपछि रामेछापबाट सोलुको लुक्का लागि शुक्रबारदेखि कार्गो उडान हुन थालेको छ । लकडाउनका कारण रामेछापमा पुगेको सामग्रीहरु बोकेर कार्गो उडान हुन सकेको थिएन ।

रामेछापबाट लुक्लाका लागि कार्गो उडान सुरु

गृह मन्त्रालयको स्वीकृतिमा तारा र समिट एयरका दुई वटा ट्विनअटर जहाजले शुक्रबारदेखि कार्गो उडान गर्ने अनुमति पाएका थिए । सोलुको लुक्लामा निर्माणाधीन हेलिप्याडमा प्रयोग हुने सिमेन्ट रड र अन्य निर्माण सामग्री मात्र ढुवानी गर्ने सर्तमा विमान कम्पनीले कार्गो उडानका लागि अनुमति पाएका हुन । विमानले कुनै पनि यात्रु भने ओसार पसार गर्न पाउँदैनन् ।

रामेछाप नागरिक उडड्यन कार्यालयका एटीसी विवश दाहालका अनुसार शुक्रबार ४ वटा उडान भएका छन् । लुक्लाको मौसम खराबीका कारण थप हुन सकेन । दुवै जहाज रामेछाप विमानस्थलमा राखिएको छ । दाहालका अनुसार हेलिप्याड निर्माणका लागि लैजानु पर्ने सामानका लागि झण्डै २० दिनसम्म कार्गो उडान गर्नुपर्ने अवस्था छ ।

प्रकाशित : जेष्ठ २, २०७७ १३:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?