कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कञ्चनपुर हिँडेका मजदुर नुवाकोटमा रोकिए

कृष्ण थापा

नुवाकोट — नुवाकोटबाट कञ्चनपुर हिँडेका १८ मजदुरलाई प्रहरीले रोकेको छ । त्रिशूली–३ बी हबको सबस्टेसनमा फलामेडन्डीको काममा खटिएका उनीहरूलाई सदरमुकाम विदुरमा रोकिएको हो । कञ्चनपुरको लालझाडी गाउँपालिकाका उनीहरू नुवाकोटको पैरेबेंसीमा तीन महिनाअघि आएका थिए । ‘ठेकेदारले काममा लगाउन छाडेपछि वैशाख १५ देखि कामविहीन भयौं, कमाएको पैसा रासनपानीमा खर्च भयो,’ राकेश रानाले भने, ‘पैसा सकिन लागेकाले हिँडेरै घर जाने खोज्दा पनि पाइएन ।’

कञ्चनपुर हिँडेका मजदुर नुवाकोटमा रोकिए

बाटोका लागि चिउरा, चाउचाउ बोकेर उनीहरू किस्पाङ गाउँपालिका–५ पैरेबेंसीबाट बुधबार बिहानै हिँडेका थिए । सदरमुकाम विदुरमा आएपछि प्रहरीले सोधपुछ गरेर जहाँबाट आएको उतै जान भनेर पठाएको उनले बताए । ‘घरमा काम गर्ने मान्छे पनि छैनन्,’ अर्का मजदुर धोके रानाले भने, ‘बाली नलगाए खान पाइन्न । यता काम भएन ।’ उनकै गाउँका रामधिरज रानाले १८ जनालाई यता काममा ल्याएका थिए । एक जना पहिल्यै गए पनि अरू सबै यतै रोकिएका छन् ।

प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले उनीहरूको मर्का बुझेको भन्दै आयोजनाले घरमै पुर्‍याइदिए सहजीकरण गर्न सकिने बताए ।

प्रकाशित : वैशाख २४, २०७७ २३:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?