कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ट्रकको ठक्करले मृत्यु

चितवन — पूर्व–पश्चिम राजमार्गअन्तर्गत चितवनकाे खैरहनीमा आइतबार साँझ ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा खैरहनी नगरपालिका–८ का ६३ वर्षीय कुलानन्द भण्डारी छन् ।

ट्रकको ठक्करले मृत्यु

उनको उपचार क्रममा भरतपुरको पुरानो मेडिकल कलेजको शिक्षण अस्पतालमा मृत्यु भएको हो । प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाका अनुसार आइतबार साँझ साढे ७ बजे चैनपुर चोकमा भण्डाराबाट टाँडी आइरहेको ग१ख २११६ नम्बरको ट्रकले ना२७प ५८१८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियाे ।

लकडाउनपछि रोकिएको सवारी दुर्घटना लकडाउन उल्लंघनसँगै फेरि बढ्न थालेको छ ।

प्रकाशित : वैशाख २२, २०७७ ०७:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?