कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पौडी खेल्नेक्रममा डुबेर मृत्यु

टीकाप्रसाद भट्ट

रामेछाप — तामाकोसीमा पौडी खेल्ने क्रममा शनिबार बेपत्ता भएका मन्थली १ निवासी सुमन रम्तेल मृत अवस्थामा फेला परेका छन् । तामाकोसीका साथीसहित पौडी खेल्न पुगेका १८ वर्षीय रम्तेल डुबेपछि उनको खोजी सुरु भएको थियो । सुरक्षाकर्मी र स्थानीयले खोजबिन गर्दा रम्मेललाई मृत अवस्थामा फेला पारेका हुन् । 

बेपत्ता भएको झण्डै २ घण्टापछि पानीभित्रबाट निकालिएका रम्तेललाई प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको थियो । केन्द्रले उनलाई मृत घोषणा गरेको हो ।

प्रकाशित : वैशाख १३, २०७७ १८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?