दोलखा — जिल्लामा अहिलेसम्म कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भए नभएको र्यापिड टेस्ट गरिएका २ सय ५६ जनाको रिपोर्ट नेगेटिभ आएको छ । वैशाख ३ देखि ७ गतेसम्म २ सय १७ जना पुरुष र ३९ जना महिलाको र्यापिड टेस्ट गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला जनस्वास्थ्य कार्यालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
विदेशबाट फर्किएका, काठमाडौंबाट आएका र जेलबाट छुटेकाहरुलाई र्यापिड टेस्ट गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका अनुसार हालसम्म कालिञ्चोक गाउँपालिकामा १ सय ९ जना, तामाकोसीमा ४१ जना, गौरीशंकरमा १९ जना, मेलुङमा ११ जना, शैलुङमा २४ जना, जिरी नगरपालिकामा १९ जना र भीमेश्वर नगरपालिकामा ३३ जनाको टेस्ट गरिएको छ ।
त्यसैगरी आइतबार कालिञ्चोक गाउँपालिकामा राखिएका २३ जनालाई क्वारेन्टाइनबाट आ—आफ्ना घर पठाइएको छ । विदेशबाट आएका उनीहरुको सवै परीक्षण नेगेटिभ आएपछि घर पठाइएको पालिका अध्यक्ष विनकुमार थामीले बताए ।
प्रकाशित : वैशाख ७, २०७७ १९:५०