‘म मकरध्वज’ पुस्तक सार्वजनिक समारोहमा सरिक भएदेखि पुस्तकका अन्तिम पन्नासम्म आँखा दौडाइरहँदा मनमा अनेक कुरा खेले । सामान्य एउटा व्यक्तित्वको पुस्तकमा स्मरण र अनुभवका लहराहरू समग्र चलचित्र बनेर दिमागमा घुमिरह्यो । भेडा खेद्ने एउटा गाउँले व्यक्तिका सम्बन्धका लहराहरू कहाँ र को-कोसम्म गाँसिएका हुँदारहेछन्, पुस्तक पढ्दै जाँदा सुरुमा पत्याउनै मुस्किल भयो ।
एमालेको ‘मिसन ग्रासरुट’ अभियान चलिरहेको छ । पार्टीको जरा संगठन टोल कमिटीसम्म पुगेर केन्द्रकै टोलीले उपचार गर्ने यो अभियान सफल पार्न ‘फस्ट एड बक्स’ बोकेर केन्द्रीय नेताहरू जिल्ला सदरमुकामहरूमा पुगिसकेका छन् । जिल्लास्तरको बैठक गरेर टोल कमिटीसम्म अभियान फैलाउने तालिका तयार गरिएको छ ।
म ठान्छु, यही फागुन, १९ गतेदेखि हुने दोलखा महोत्सव फगत ‘मजाक’ मात्र नहोस् ।अघिल्ला महोत्सवहरूमा मजाक बढी भए, उपलब्धि सारै कम । केही अहिले पनि दोहरिने निश्चित छ । महोत्सवलाई रमझम बनाउन केही उपलब्धिहीन मजाकलाई प्राथमिकतामा राख्न अहिले पनि आयोजक बाध्य हुने नै छन् । देशभरका कतिपय महोत्सवहरु मजाकमै सुरु हुन्छन र मजाकमै सम्पन्न हुन्छन् ।
दोलखाको कालिञ्चोक देशकै एउटा महत्त्वपूर्ण पर्यटनस्थलका रूपमा स्थापित भइरहेको छ । कालिञ्चोक फेदैको कुरीमा निम्न, मझौला र अब्बल खाले होटल खुलेका छन् । आजकल कालिञ्चोक आउने पर्यटक ठगिएका सम्बन्धी गुनासो सामाजिक सञ्जालमा प्रशस्तै सुनिन्छ, यदाकदा सञ्चार माध्यममा पनि आउँछ ।
एकसिङ्गे गैंडा पछाडिका दुई खुट्टाको आडले उभिएको छ, अगाडिका दुई खुट्टामध्ये दायाँले हँसिया–हथौडा अंकित रातो झन्डा उठाएको छ । र, ठिङ्ग उभिएर सामुन्नेको सूर्यअंकित चिह्नलाई मोहित भई हेरिरहेको छ । एकसिङ्गे गैंडा वास्तवमा दुई खुट्टामा कहिल्यै उभिन सक्दैन, न त कुनै वस्तु समाउन नै सक्छ ।
देशको एउटा रोचक बहसको विषय बन्दै तामाकोसीले एक दशक बितायो । दशकसम्म नेपालको राजनीति र अर्थराजनीतिको केन्द्रभागबाट तामाकोसी बगिरह्यो । राजनेता, जलस्रोतविद्, अर्थशास्त्री, वातावरणविद् र समाजशास्त्रीका लागि तामाकोसी विश्लेषणको विषयवस्तु बनी नै रह्यो ।