कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राहत वितरण गर्दै हेटौंडा उपमहानगरपालिका

प्रताप विष्ट

(हेटौंडा) — हेटौंडा उपमहानगरपालिकाले दोस्रो चरणको राहत वितरण सुरु गरेको छ  । पहिलो चरणको राहत वितरण गरिसकेको उपमहानगरपालिकाले दोस्रो चरणमा दैनिक ज्यालादारी गर्ने मजदुरलाई राहत वितरण गर्न लागेको हो । 

कोरोना भाइरस (कोभिड १९) को संक्रमणलाई नियन्त्रण गर्न सरकारले दुईसाता अघिदेखि लकडाउन गरेका कारण दैनिक ज्यालादारी गर्ने मजदुरलाई हातमुख जोर्ने समस्या भएकाले राहत वितरण गर्न लागेका मेयर हरिबहादुर महतले बताए ।


हेटौंडा उपमहानगरपालिका—४ मा एक सय ५० परिवार र हेटौंडा—१८ मा ३ सय ५० परिवारका लागि राहत वितरण गर्न खाद्यान्न वडा कार्यालयमा बुधबार पठाइएको छ । अरु वडाहरुमा निरन्तर रुपमा राहतका सामग्री पठाउने तयारी भइरहेको उपमहानगरपालिकाले जनाएको छ । हालसम्म हेटौंडाका विभिन्न वडा कार्यालयमार्फत ५ हजार ७१ परिवारलाई राहतका लागि माग भए पनि वास्तविक विपन्न र दैनिक ज्याला मजदुरी गर्ने परिवारलाई वितरण गर्ने लक्ष्य लिएको छ ।

हेटौंडा उपमहानगरपालिकाले १९ वटै वडाका मजदुर र विपन्‍न परिवारलाई ९० हजार किलो चामल, १२ हजार किलो मुसुरोको दाल, ६ हजार किलो नुन, १२ हजार लिटर तेल, २४ हजार थान साबुन वितरण गर्न लागेको जनाएको छ ।

प्रकाशित : चैत्र २६, २०७६ १७:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?