कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रामेछाप जिप दुर्घटना : उपचारका क्रममा २ जना घाइतेको मृत्यु

टीकाप्रसाद भट्ट

रामेछाप — रामेछापको राकाथुम–१ माझीगाउँमा मंगलबार बिहान भएको जिप दुर्घटनामा घाइते भएका २ जनाको उपचारका क्रममा मृत्यु भएको छ ।

रामेछाप जिप दुर्घटना : उपचारका क्रममा २ जना घाइतेको मृत्यु

जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता प्रहरी निरीक्षक टेकेन्द्र पौडेलका अनुसार जिप दुर्घटनामा घाइते भएकी दोरम्बा गाउँपालिका–२ की संगीता पहरी र अर्का एक जना पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । मृतक पुरुषको पहिचान नखुलेको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए । संगीताको धुलिखेल अस्पताल र मृतक पुरुषको शिर मेमोरियल अस्पताल बनेपामा उपचारका क्रममा मृत्यु भएको हो ।


काठमाडौंबाट रामेछापको दोरम्बा गाउँपालिकातर्फ जाँदै गरेको बा १४ च ९४९८ नम्बरको जिप मंगलबार बिहान करिब ५ बजे राकाथुमको माझीगाउँ नजिकै दुर्घटना हुँदा ३० जना घाइते भएका थिए ।


सम्बन्धित समाचार

रामेछापमा जिप दुर्घटना, ३० जना घाइते

प्रकाशित : चैत्र १८, २०७६ १०:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?