कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोनाबारे भ्रम फैलाएको आरोपमा महिला पक्राउ

चितवन — कोरोना भाइरस (कोभिड–१९) बारे भ्रम फैलाएको भन्दै चितवन प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । माडी नगरपालिका–७ जगन्नाथपुरी बस्ने ३८ वर्षीया जानकी ढुंगानालाई प्रहरीले पक्राउ गरेको हो ।

कोरोनाबारे भ्रम फैलाएको आरोपमा महिला पक्राउ

ढुंगानाले ‘यशुलाई विश्वास गर्नुहोस तपाईंहरूलाई केही हुँदैन, कोरोना भाइरसले पनि छुँदैन,’ भन्दै हिँडेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

विश्वव्यापी महामारीको रूपमा रहेको कोरोनाको विषयमा धर्मको आधारमा गलत कुरा फैलाएको भनेर स्थानीयले उजुरी गरेपछि हामीले उनलाई पक्राउ गरेको हो,’ चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी एकनारायण कोइरालाले भने ।

ती महिलालाई मुलुकी अपराध संहिता अन्तर्गतको अभद्र व्यवहारमा मुद्दा लगाउन अनुसन्धान प्रक्रिया अगाडि बढाएको कोइरालाले बताए ।

प्रकाशित : चैत्र १७, २०७६ ०९:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?