कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

युवाहरूबीचको झगडा छुट्याउन प्रहरीद्वारा हवाई फायर

सुवास विडारी

मकवानपुर — हेटौंडा उपमहानगरपालिका–१३, पदमपोखरीमा गोली चलेको छ । राति करिब ११ बजेको समयमा स्थानीय मिलन चोक र सांगे टोलका युवाबीच विवाद बढेपछि प्रहरीले तीनराउण्ड हवाई फायर गरेर स्थिति नियन्त्रणमा लिएको
प्रहरीले जनाएको छ ।

युवाहरूबीचको झगडा छुट्याउन प्रहरीद्वारा हवाई फायर

दुई टोलका युवाहरूको विवादले उग्ररुप लिएपछि प्रहरीले गोली चलाउन बाध्य भएको हो । युवाहरू मदिरा सेवन गरेर पान पसलमा झगडा गरेपछि छुट्याउन त्यहाँ पुगेको प्रहरीमाथि ढुंगा प्रहार र हातपात भएपछि बाध्य भएर हवाई फायर गरिएको हो’, प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले भने ।

करिब ४० जनाको संख्यामा रहेका युवाबीच झगडा भहेको प्रहरीको अनुमान छ । ‘करिब ४० जना झगडा भएको स्थानमा दुई जना मात्र प्रहरीको उपस्थिति रहेको थियो । जसको कारण जँड्याहाहरूले प्रहरीलाई आक्रमण गरे,' राठौरले भने । आक्रमणबाट प्रहरीको भ्यानमा क्षति पुगेको उनले जानकारी दिए ।

उनका अनुसार घटनापछि चारजना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । राति नै उक्त स्थानमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको र झगडामा संलग्नहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : चैत्र १६, २०७६ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?